logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङका ९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.86K
Shares

धादिङका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो।

धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनबाट आरडीटी परीक्षण गरी घर पठाइएको थप नौ जनामा संक्रमण देखिएको हो।

नगरपालिकाकाका अनुसार कुल ७५ जनामध्ये आइतबार २४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट आउन बाँकी रहेका ८१ जना मध्ये सोमबार नौ जनामा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमित रहेका गाउँलाई सिल गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।