logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा ट्याक्टर दुर्घटना, एकको मृत्यु


अंकुरण खबर
637
Shares

जुम्लाको पातारासी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सोमबार राति भे१त ७३३२ नंको ट्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो।

जुम्ला सदरमुकाम खलंगाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

ट्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन्। रासस