logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण


अंकुरण खबर
1.469K
Shares

सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्सलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएककामध्ये २८ वर्षीय स्टाफ नर्समासमेत संक्रमण देखिएको भएको अस्पतालले जनाएको छ ।

अहिले उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत कोरोना  परीक्षण गर्ने तयारी हुँदैछ ।