logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा थप २ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.183K
Shares

पर्साको विरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूष रहेका छन् ।

वीरगन्जको वडा नम्बर ३ का ३१ बर्षका पुरुष र वीरगन्जको वडा नम्बर ४ का २३ बर्षका पुरूष भारतबाट जेठ २३ गते रक्सौल हुँदै वीरगन्ज आएका थिए ।

क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा उपाध्यायले जानकारी दिए ।

संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विशेष करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।