logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रुकुम घटना : मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने


अंकुरण खबर
3.055K
Shares

रुकुम घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले एकरएक लाख रुपैयाँ राहत दिने भएको छ ।

रुकुम घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाको परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका हुन् ।

मृतकका परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषद्को बैठकमा भएको हो । यस निर्णयले परिवारको पीडामा कम गर्ने प्रदेश सरकारले अपेक्षा लिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको ज्यान गएको थियो ।