logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङमा पनि देखियो कोरोना, आज गण्डकी प्रदेशमा ४२ जना थपिए


अंकुरण खबर
1.001K
Shares

गण्डकी प्रदेशमा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

नयाँ ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अब गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ ।

अहिले सम्म कोरोना नदेखिएको मनाङमा समेत आज कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै मनाङमा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिएका मध्ये नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ जना, तनहुँका १२ जना, गोरखाका ११ र मनाङका १ जना रहेका छन् ।