logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कारागारबाट फरार चौकीदार पक्राउ


अंकुरण खबर
1.092K
Shares

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको छ ।

परियार राइनास नगरपालिका–१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो ।