logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेतबाट १५० र ओमानबाट ३७ नेपाली महिला कामदार नेपाल आए


अंकुरण खबर
3.549K
Shares

कुवेतको जजिरा एयरलाइन्स बिहीबार एक सय ५० नेपाली महिला कामदार लिएर नेपाल आएको छ। कुवेतमा अलपत्र नेपाली कामदार लिएर जजिरा नेपाल आएको यो चौथो पटक हो।

यसअघि पनि उसले चार सय ४८ जना नेपाली कामदार लिएर आइसकेको छ। विमानस्थल स्रोतका अनुसार बिहीबार कुवेतबाट आएको कुवेत एयरलाइन्समा बालबालिका तथा शिशु भने छैनन्। कुवेतमा आम माफी पाएका र अवैधरुपमा बसिरहेका नेपाली कामदारलाई कुवेत सरकार आफैँले पठाइरहेको छ।

कुवेतको डिपोर्टेसन सेन्टरमा रहेका ७० र अस्थायी क्याम्पमा रहेका २ हजार ९ सय २१ जनालाई कुवेत सरकारले पठाइरहेको छ। यसैगरी ओमानबाट सलाम एयरले एक सय १० पुरुष र ३७ महिलासहित एक सय ४७ जना नेपाली लिएर नेपाल आएको छ।

सलाम एयरले ओमानबाट नेपाली यात्रुको उद्धार गरेर ल्याएको यो दोस्रोपटक हो। बिहीबार साँझ हिमालयन एयरलाइन्स मलेसियाबाट नेपाली लिएर आउँदै छ।