logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सिन्धुपाल्चोकमा थपिए एक कोरोना संक्रमित


अंकुरण खबर
845
Shares

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनी मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकको पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बिहिबार जानकारी दिए । संक्रमितको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

अब जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ६ पुगेको छ ।  जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका-९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टिन र पाँच आइसोलेसनमा रहेको छ ।