काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारको नियमित पत्रकार सम्मेलनमा थप ६ जनामा कोरोाना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयले उनीहरुको ठेगाना भने खुलाएको छैन् ।