नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपियाँले बढेको छ ।
शुक्रबार छापावाला सुन एक सय रुपियाँले बढेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।