logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताले भिडिओ कन्फरेन्स मार्फत प्रशिक्षण दिँदै


अंकुरण खबर
1.755K
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भिडिओ कन्फरेन्स सुरू भएको छ।

शुक्रबार दिउँसो भएको भिडिओ कन्फरेन्स सिपिसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा भएको हो।

पार्टी र सरकार कसरी सञ्चालन गर्ने भन्नेबारे चिनियाँ कम्युनिष्ट पार्टीका नेताले नेपाली नेताहरुलाई प्रशिक्षण दिदैछन् । अन्तरक्रियामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत नेपालबाट सय बढी सहभागी छन्।

प्रचण्ड र उपप्रधानमन्त्री पोखरेल पार्टी मुख्यालय धुम्बाराहीको हलबाट सहभागी छन्। नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपाका नेताहरु यस्तो अन्तरक्रियामा सहभागी भएका हुन।

सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी छन्