पर्वतमा आइबार बिहान थप भएका दुई जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्ति भएको पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको थियो। थपिएका संक्रमितहरु स्वास्थ्यकर्मी संगको सम्पर्कमा भएका ब्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो ।
उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।
संक्रमित भारतबाट फर्केका होइनन र क्वारेन्टाईनमा समेत छैनन । त्यस मध्ये एक जना सर्वसाधरण र एक जना अस्पतालमा कार्यरत नभएपनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहेका ब्यक्ति भएको बताइन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याँक अधिकृत तथा सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको र २ जनामा पोजेटिभ रिजल्ट आएका कारण आइसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए ।
संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी सहित सर्वसाधरणको समेत गरि ८१ नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । त्यस मध्ये २७ जनाको परिक्षण भएको छ भने ५४ जनाको रिर्पोट आउन बाँकी छ ।