भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले जमुनिया बोर्डर नजिक दुई जनालाई १८ लाख नेपाली रुपैयाँ मोटरसाइकलमा राखी नेपाल लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको छ।
नेपाल-भारत सीमामा पछिल्लो समय फेला परेको यो सबैभन्दा ठूलो रकम भएको टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा जनाएको छ। नेपालतर्फ ल्याउँदै गर्दा उक्त रकमसहित एसएसबीले २६ वर्षीय विकास कुमार र १७ वर्षीय अर्का एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने दुवै भारतीय नागरिक रहेको जनाइएको छ। उक्त रकम नेपाल पुर्याउन आफूहरूलाई एक९एक हजार रुपैयाँ दिइएको तर कसलाई बुझाउने भन्ने नबताइएको उनीहरूले बयान दिएका छन्।
नेपाल-भारत सीमामा एक पटकमा २ लाख भारतीय रुपैयाँ लिएर आवतजावत गर्न पाउने भारततर्फको नियम भए पनि नेपाली कति रुपैयाँसम्म एक पटकमा बोकेर हिँड्न पाउने भन्ने निश्चित नभएको एसएसबी अधिकारीले टाइम्स अफ इन्डियासँग बताएका छन्। उक्त रकम दाबी गर्न हालसम्म कोही नआएको एसएसबीले जनाएको छ।