धुर्कोट गाउँपालिका-३ हाडहाडेमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर रहेको छ ।
अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको देउराली यातायातको ग १ ज ३९९७ नम्बरको जिप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरिएको हो ।
६ जना सवार जिप पहिरोले पुरिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक पकंज चुडालीले जानकारी दिए ।
मृत्यु हुनेमा धुर्कोट-३ हाडहाडे मल्ज्याङका अन्दाजी १८ वर्षका तुल्सीराम काउछा र सोही ठाउँका चालक प्रदीप पुन रहेका छन् ।
पुनको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।