logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा महोत्तरीमा एक जनाको मृत्यु


अंकुरण खबर
2.314K
Shares

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बर्दिवास नगरपालिका-३ पाटु डाँडास्थित सडकमा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका-१ का ३८ वर्षीय भिष्म बिष्टको सिटी केयर अस्पताल बर्दिवासमा उपचार भइरहेको छ।