logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा ११ जना कोरोना जितेर घर फर्किए


अंकुरण खबर
702
Shares

वीरगञ्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत डेढ र ३ वर्षका २ बालक र उनकी आमासहित ११ जना कोरानालाई जितेर घर फर्किएका छन् ।

अस्पतालमा उपचाररत रहेका ४३ मध्य ११ जनालाई आज डिस्चार्ज गरी घर पठाइएको हो ।

डिस्चार्ज हुने पर्साको सखुवा प्रसौनी गाँउपालिका २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना छन । त्यस्तै जगरनाथपुर गाँउपालिका–६ का ८ जना पनि डिस्चार्ज भएका छन ।

यस्तै गुलरीयाका ३ जना आमा छोरा पनि कोरोनामुक्त भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुने सबैलाई जेठ २५ र २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।