logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रियसभाबाट पारित


अंकुरण खबर
1.352K
Shares

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ ।

सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको स्पष्ट पारे।

साथै उनले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रु २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/७६”सभा समक्ष पेश गरेका थिए ।