नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढेजस्तै निको हुने संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट चार सय ७० जना मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
उनअनुसार पछिल्लो २४ घण्टामा ४७० जना डिस्चार्ज हुनेमा तीन सय ३८ जना पुरुष र ३२ महिला रहेका छन् । योसँगै हालसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या २१४२ पुगेको छ । जसमध्ये १९६१ पुरुष र १६१ महिला रहेका छन्।