logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा पहिरोले चार गाडी बगायो, दुई जनाको शव फेला


अंकुरण खबर
741
Shares

पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ।

पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ।

सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर, बोलेरो जिप, मिनी ट्रक र कार बगाएको हो । बगेका सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन जानकारी भैनसकेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन्। पहिरो करिब डेढ सय मिटर माथिबाट झरेको छ।

सोमबार बिहानैदेखिको लगातारको वर्षाले देशका थुप्रै ठाउँमा पहिरो गएको छ।