काठमाडौं – टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् ।
मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने, ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’ पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने उनले बताए ।
लामिछानेले राजनीतिमा आउने संकेत दिँदै भने,‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन, ‘केही लागेन भने राजनीति विकल्प बन्न सक्छ, तर मैले आज जानेको चिज राजनीति होइन, सञ्चारकर्मबाटै खबरदारी गर्न चाहन्छु ।’