नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।
सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सयले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको छ । आज चाँदी भने सोमबारको तुलनामा १० रुपैयाले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।