चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
लक्षणसहितका संक्रमित ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको र बाँकी १६ जनालाई १५ दिनपछि पीसीआर नगरी डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जनाकारी दिए ।
उनीहरुमध्ये भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । योसँगै अब भरतपुरमा अस्पतालमा ११ जना संक्रमितमात्रै आइसोलेसनमा छन् ।
स्वास्थ्य मन्त्रालयको परीक्षण मापदण्ड अनुसार नै लक्षण नदेखिएकालाई १५ दिनपछि घर पठाइएको उनले बताए ।