कुवेतमा आममाफी पाएका १६० नेपाली काठमाडौं आइपुगेका छन् ।
उनीहरूलाई कुवेत सरकारले जजिरा एयरलायन्सबाट निःशुल्क रूपमा स्वदेश फर्काएको हो । कुवेतमा आममाफी पाउनेको संख्या झन्डै तीन हजार छ । उनीहरूलाई दैनिक रूपमा नेपाल फर्काइने तयारी छ ।
त्यस्तै आजै कतारबाट १४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिमालयन एयरलाइन्सको एचआईएम ५६३२ को उडानबाट बिहान ८ः५५ बजे नेपाल आइपुगेका हुन् ।
आज माल्दिभ्सबाट १५०, अस्ट्रेलियबाट २७५, बंगलादेशबाट १४४ र साउदीको जेद्दाबाट १२५ जना नेपाली स्वदेश फर्कंने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।