logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा जीप दुर्घटना हुँदा १० जना घाइते


अंकुरण खबर
1.742K
Shares

अछामबाट धनगढी जादै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

अछामबाट धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा दुर्घटना भएको हो ।

जीपमा कति यात्रु थिए भन्नेबारेमा खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार घाइतेहरुरलाई उपचारका लागि धनगढी पठाइएको छ ।