logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिड्नीमा एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ  


अंकुरण खबर
1.391K
Shares

सिड्नीमा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी तथा १९ वर्षीय आयुष भट्टराई रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

न्यूसाउथवेल्स प्रहरीले आरोपितहरुलाई ईन्टरनेट र फोनमार्फत् ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएको भन्‍दै आठ अभियोग लगाएको छ।

पक्राउ परेका दुवै जनालाई ग्रानभिलस्थित प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई आजै सिड्नीको पारामाटा स्थानीय अदालतमा पेश गरिएकोमा उनीहरूको जमानत अस्वीकार गरिएको छ।

न्यूसाउथवेल्स प्रहरीका अनुसार गत १९ तारिख शुक्रबारका दिन एक ८५ वर्षीय वृद्धाले आफूलाई ठगी गरिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो। ती बृद्धालाई बैंकको खाता बन्द भएकाले नयाँ खाता खोल्न र त्यसमा जम्मा गर्नका लागि ३ हजार अस्ट्रेलियन डलर तयारी अवस्थामा राख्‍न भनिएको थियो।

यस्तो रकम कुरियरमा काम गर्नेमार्फत् आफूहरुले उनको नयाँ खातामा जम्मा गरिदिने पनि फोनकर्ताले बताएको थियो। लगत्तै सोही व्यक्तिले फोनमार्फत् थप ५ हजार डलर तयार गर्न भनिएको थियो।

यो रकम लिनका लागि २२ जुनमा कुरियरका रूपमा यी नेपालीहरू पुगेका प्रहरीले बताएको छ। प्रहरीले सोमबार २२ जुनका दिन ती वृद्धाको टेलोपियास्थित घरमा पुग्दा उनीहरू पक्राउ परेका थिए।