logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीले राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइन् शीतल निवास


अंकुरण खबर
676
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलका नेता र पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्दैछन ।

समसामयिक राजनीतिक विषयमा परामर्शका लागि उनले प्रमुख दलका शिर्ष नेतालाई शीतल निवासमा साँझ ५ बजे बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारेमा छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्लो समय नागरिकता विधयेकमा अंगिकृतका लागि सात वर्षे प्रावधान राखिएको विषयमा समेत राष्ट्रपतिले दलहरुको राय लिने अनुमान गरिएको छ । राष्ट्रपति भण्डारीले केही महिनाको अन्तरालमा प्रमुख दलका शिर्ष नेतासँग नियमित परामर्श गर्दै आएकी छन् ।