logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


अंकुरण खबर
1.222K
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइ र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।