साउदीमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरूको उद्धार जारी छ ।
साउदीको दमामबाट १५४ जना नेपाली बुधबार स्वदेश आइपुगेका छन् ।
नेपाल एयरलायन्सको चार्टर जहाजमार्फत् उनीहरू नेपाल फर्किएका हुन् । वैदेशिक रोजगारीमा रहेका पाँच देशबाट बुधबारै नेपालीहरू स्वदेश फर्कदै छन् भने ५ वटा देशमा नै समस्यामा परेका नेपालीहरूलाई लिनका लागि जहाज जाँदै छन् ।
आज कुवेतबाट १५५ जना आउने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिए । उनीहरू हिमालयन एयरलान्सको चार्टर फ्लाइटबाट स्वदेश फर्कन लागेका हुन् यस्तै हिमालयन एयर मार्फत् नै अबुदावीबाट १४९ जना स्वदेश फर्कंदै छन् ।
साउदी अरबकै जेद्दाबाट २५५ जना आउँदै छन् भने टर्किस एयरलायन्समार्फत् २८२ जना नेपाली इस्तानबुलबाट स्वदेश फर्कंदैछन् ।