logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लगातार बढेको सुनको भाउ आज तोलामा ९ सयले घट्यो


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाली बजारमा मंगलबार सुन तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै तेजाबी सुन आज तोलामा  ७२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १३ डलरले घटेको छ । हिजो प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन आजप्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो ।