logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

झापामा देखियो १० जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.469K
Shares

झापाको मेचीनगर नगरपालिकामा बुधबार एकैदिन १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईका अनुसार भारतलगायत अन्य देशबाट आएका क्वारेन्टिनमा रहेका १० जनामा सङ्क्रमण पुष्टि भएको हो।

मेचीनगरमा सङ्क्रमितको संख्या १८ पुगेको छ। शुक्रबार थपिएका सङ्क्रमितहरुमा मेचीनगरको वडा नं। १ का ३ जना, वडा नं. ५ का २ जना, वडा नं. ९ का २ जना, वडा नं. १० का १ जना र वडा नं. ११ का २ जना रहेका छन्।

उनीहरूलाई भानु आधारभूत विद्यालय र धुलावारीको राधास्वामी भवनको क्वारेन्टिनमा राखिएको थियो ।