वीरगञ्जमा एक जना थुनुवाको मृत्यु भएको छ।
कारागारमा रहेका थुनुवा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।
विगत साढे ४ महिनादेखि कारगारमा ठगी मुदामा रहेका थुनुवा अहमदको उपचारको क्रममा गए राति नेशनल मेडिकल कलेज वीरगञ्जमा निधन भएको हो।
उनको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ।