logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो।

सुर्खेतमा गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। जुम्लामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको हो।

समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार ७२ मध्ये ३९ जना कर्णाली प्रदेशका होइनन्।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ७ पुगेको छ।