पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या २ सय १० पुगेको छ ।
कावासोती नगरपालिकामा १४ र गैडाकोट नगरपालिकामा ७ जनालाई संक्रमण देखिएसँगै नवलपुरमा संक्रमितको संख्या २ सय १० पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिए ।
कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जना थपिएको पुष्टि गरेको छ ।