logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पक्राउ परेका इन्सपेक्टरलाई सात दिन थुनामा राख्न अनुमति


अंकुरण खबर
767
Shares

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)रुद्र शाहीलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

बुधबार पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर शाहीसँग कनेक्सन जोडिएको पाइएको थियो । प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।

उनलाई लागूऔषध नियन्त्रण व्यूरोले हिजो नियन्त्रणमा लिएको थियो ।