logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदुरपश्चिममा २ सय ४४ जना कोरोनामुक्त


अंकुरण खबर
780
Shares

सुदुरपश्चिममा हालसम्म २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

संक्रमित र शंकास्पद गरी ५ सय २८ जना डिस्चार्ज भएकोमा २ सय ४४ जना कोरोना संक्रमित रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट संक्रमित ६८ जना एकै दिन डिस्चार्ज भएका हुन् । कञ्चनपुर र डडेल्धुरावाट २५-२५ जना घर फर्केका छन् ।

त्यसैगरी कैलालीबाट १२ जना, डोटीबाट ५ जना र वाजुराबाट एक जना डिस्चार्ज भएर घर फर्किएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदुरपश्चिममा संक्रमितको संख्या एक हजार ६ सय ६७ जना पुगेको छ ।