तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखवामा जुवातास खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हात्तिखवाकी गोमा कडेंलको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर–९ का ३२ वर्षीय अब्दुल रजिमनलगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ८५ हजार ४५ रुपैयाँ र ३ गड्डी तास बरामद गरेको छ । कडेंलको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।