सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ।
महोत्तरी बर्दिबास नगरपालिकास्थित पाटु घर भई सिन्धुली घ्याङलेख गाउँपालिका १ बस्दै आएकी २१ वर्षीया महिलाको मृत्यु भएको हो।
ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि बिहीबार दिउँसो अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार बिहान निधन भएको हो।
उनको स्वाब संकलन गरि नमुना परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आउन बाँकी छ।