logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज थपिए ५९३ कोरोना संक्रमित


अंकुरण खबर
1.092K
Shares

नेपालमा आज थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०७ महिला र ४८६ जना पुरुष छन्।

योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ।