logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस लिएको अभियोगमा दुई जनाविरूद्ध अख्तियारमा मुद्दा


अंकुरण खबर
1.326K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले तीन लाख रूपैयाँ र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले ३० हजार ५ सय रूपैयाँ घुस लिएको पाइएको छ ।

उनीहरुलाई बिगोअनुसारको अभियोगमा आयोगले शुक्रबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।