logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीका १२ जना कोरोना मुक्त


अंकुरण खबर
1.261K
Shares

गुल्मीका १२ जना कोरोनाभाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् ।​

इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएका छन् । संक्रमितहरुको २ पटक पिसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको इस्मा नगरपालिकाले जनाएको छ ।

उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए । इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।

त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुष पनि डिस्चार्ज भएका छन् । मालिका गाउँपालिकामा २१ जना कोरोना संक्रमित छन् ।

गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।