logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु


अंकुरण खबर
728
Shares

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका-९, साङ्लियामा गएराति पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

गल्याङ–९ का वडाअध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो।

गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। उनकी पत्नीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाअध्यक्ष खनालले बताए। उनको अवस्था सामान्य छ।

अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गइ रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन्।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ। रासस