logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार दुर्घटनामा पत्रकारको मृत्यु


अंकुरण खबर
858
Shares

शनिबार राति कार दुर्घटनमा परी एक जना पत्रकारको निधन भएको छ।

बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो। उनी न्युज २४ टिभिमा कार्यरत थिए।

तिलोतमा नगरको ड्राइभर टोलमा गएराति १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा आफैंले चलाएको कार ठोक्किँदा पाण्डेको निधन भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।