logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा ३२ जना कोरोना मुक्त


अंकुरण खबर
1.001K
Shares

सिरहाको दुई वटा आईसोलेसनमा उपचाररत ३२ जना कोरोना जितेर निको भई घर फर्किएका छन् ।

जिल्ला अस्पताल सिरहा र महेन्द्र गेनाई मेटरनीटि अस्पतालको आइसोलेसनमा उपचाररत ३२ जना डिस्चार्ज भएका हुन् ।

जिल्ला अस्पतालको आइसोलेसनमा सिरहा नगरपालिकाका ७, कल्याणपुर नगरपालिकाका ५, नरहा गाउँपालिकाका ५ र झापाको विर्तामोडका १ जना गरी १८ जनालाई शनिवार साँझ डिस्चार्ज गरिएको हो ।

त्यसैगरी महेन्द्र गेनाई मेटरनीटि अस्पतालवाट सिरहा नगरपालिका क्षेत्रका ९, बरियारपट्टी गाउँपालिका १, सुखिपुर नगरपालिका १, गोलबजार नगरापलिका १, विष्णुपुर गाउँपालिका १ र कर्जन्हा नगरपालिका १ जनालाई डिस्चार्ज गरिएको छ ।

दोस्रो पटकको पिसिआर जाँचको रिर्पोट निगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको आईसोलेसन इन्चार्ज सरविन्द मण्डलले बताए ।

कोरोना जितेर घर फर्किनेहरु सवै भारतको विभिन्न सहरबाट घर फर्किएको र उनीहरुलाई सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पस र नगरपालिकाहरुको स्थापना गरेको क्वारेनटाईनमा राखिएको थियो ।