logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

उदयपुरमा थपिए ७ जना कोरोना संक्रमित


अंकुरण खबर
923
Shares

उदयपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा त्रियुगा नगरपालिकाका सात जनामा नै कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारत, कुबेत र दुबईबाट आएको बताइएको छ ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु भारतबाट चार जना कुबेतबाट दुई जना र दुबईबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३० र ५३ वर्षीया महिला त्यस्तै ३०, २३, २६ र अन्य दुई जनाको उमेर खुलेको छैन् । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।