logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा कोरोनाका चार जना संक्रमित थपिए


अंकुरण खबर
832
Shares

प्युठानमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा कोभिड-१९ पुष्‍टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

संक्रमित फेला परेकाहरूमा गौमुखी गाउँपालिकाका दुई, झिम्रुक र माण्डवी गाउँपालिकाका एक / एक जना छन्। उनीहरू १७ देखि २९ वर्षसम्मका एक महिला र तीनजना पुरुष रहेको बताइएको छ।

प्युठानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या कूल २९९ पुगेको छ।