logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थप ८ जना कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
858
Shares

सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा संक्रमण बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन् ।

देशभर संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ भने मृत्यु हुने संख्या २९ पुगेको छ ।