logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा मोटरसाईकल र कार ठोक्किँदा बाबुछोराको मृत्यु


अंकुरण खबर
624
Shares

रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सैनामैना वडा ८ शान्तिटोलमा आपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार सैनामैना वडा १, बनकट्टाका ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेकबहादुरको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेका थिए।

कार र चालक इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।