logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि


अंकुरण खबर
2.665K
Shares

गण्डकी प्रदेशमा मंगलबार बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ। यद्यपी संघीय स्वास्थ्य मन्त्रलायले भने यसको पुष्टि गर्न बाँकी छ।

संक्रमण पुष्टि हुनेमा गण्डकी प्रदेशका ४ जिल्ला कास्कीमा ८, तनहुँका ५, स्याङ्जामा १ र लमजुङ्गमा ३ जना रहेका छन्।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ भने २१४ जना निको भएर घर फर्किसकेका छन्।