logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थायी कमिटी बैठकअघि राष्ट्रपतिलाई भेट्‍न शीतल निवासमा प्रधानमन्त्री


अंकुरण खबर
1.43K
Shares

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरेका छन्।

पार्टीको स्थायी कमिटीको बैठक शुरू हुनुअघि प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

राष्ट्रपतिसँग के विषयमा भेटवार्ता भयो भन्नेबारे केही खुलाइएको छैन।

नेकपाको स्थायी कमिटीको बैठकमा आजदेखि कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरेको काम र समग्र सरकारको समिक्षाका बारेमा केन्द्रित हुन लागेको छ।

प्रधानमन्त्रीले मदनभण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन लागेको भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिका बारेमा आजको स्थायी कमिटीको बैठकमा नेताहरूले विषय उठान गर्ने तयारी गरिरहेको बताइएको छ।